गाउँमै विद्यालय बनेपछि बालबालिकालाई सहज


१४ भाद्र २०७९, मंगलवार
mechi aadharbhut Schooljhapa 20190310010907

तेह्रथुम । स्थानीयको जनश्रमदानमा तेह्रथुमको लालीगुराँस नगरपालिका-५ सिरिसेमा विद्यालय भवन निर्माण भएको छ । विद्यालय भवन निर्माण गर्न नगरपालिकाले रु दुई लाख ५० हजार विनियोजन गरेको थियो । सो रकमले अपुग भएपछि स्थानीयले जनश्रमदान गरी सिरिजङ्गा आधारभूत विद्यालयको भवन निर्माण भएको हो ।

विद्यालय स्थापनाका लागि स्थानीय लोकमान लिम्बू मादेनले निःशुल्क जग्गा प्रदान गरेपछि विद्यालय भवन निर्माण भएको हो । सिरिसेमा विद्यालय भवन सम्पन्न भएसँगै विद्यालयमा पठनपाठन सुरु भएको छ । बाल कक्षामा २० विद्यार्थी भर्ना भएको विद्यालयका शिक्षिका सुशीला लिम्बूले बताए ।

बालबालिका घर नजिकै विद्यालय नहुँदा घण्टौं लामो बाटो हिँडेरै विद्यालय जान बाध्य थिए । तर गाउँमै विद्यालय भवन बनेर पढाइ सुरु भएपछि यहाँका बालबालिकालाई सहज भएको छ । विद्यालय स्थापनासँगै आधुनिक प्रविधिबाट विद्यालयमा पठनपाठन गर्ने तयारी भइरहेको नगरपालिकाका नगर प्रमुख अर्जुन माबोहाङले बताए । विद्यालयमा बालबालिकालाई कम्प्युटर शिक्षाका साथै दृश्यचित्र प्रविधिबाट शिक्षा दिने तयारी गरेको उनले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७