बाटोमा भेटिएको एक लाख ७३ हजार फिर्ता


१४ भाद्र २०७९, मंगलवार
Money paisa rakam NYfiuAliCy

धादिङ । धादिङको ज्वालामुखी गाउँपालिका-७ का ४१ वर्षीय तकबहादुर नेपाली सोमबार मोटरसाइकलमा पोखरा जाँदै थिए । ग ६ प ६६९२ नम्बरको मोटरसाइकलमा सवार नेपालीले मोटरसाइकल पछाडि झोला राखेका थिए ।

चितवनबाट पोखरा आउँदै गरेका उनको तनहुँको व्यास-१ अम्रेनीमा आइपुग्दा झोला खस्यो । झोलामा थियो नगद एक लाख ७३ हजारसहित अन्य कागजात ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

झोला हराएको सूचना नेपालीले जिल्ला प्रहरी कार्यालय तनहुँलाई दिए । उक्त झोला सोमबार राति नै चितवनको भरतपुर महानगरपालिका-१ रामबजार बस्ने २९ वर्षीय कृष्णबहादुर कुँवरले फेला पारेका थिए । झोला खोलेर हेर्दा पैसा देखेपछि उनले तत्कालै उक्त झोला प्रहरी कार्यालयमा बुझाए ।

city

उक्त झोला प्रहरीले मङ्गलबार सम्बन्धित व्यक्तिलाई बुझाएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । ‘झोला फेला पार्ने व्यक्तिमा इमानदारिता देखियो, उहाँलाई विशेष धन्यवाद छ’, उनले भने, ‘हामीले नगद र अन्य कागजातसहितको झोला तकबहादुरलाई बुझाएका छौँ ।’

jagdamba.cement

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७