लामोसाँघु-जिरी सडकका लागि जग्गा अधिग्रहण थालनी


१४ भाद्र २०७९, मंगलवार
Melamchi 1

सिन्धुपाल्चोक । लामोसाँघु-जिरी सडक निर्माणका लागि जग्गा अधिग्रहणको काम सुरु गरिएको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले भौतिक पूर्वाधार यातायात मन्त्रालय, सडक विभागबाट निर्माणाधीन लामोसाँघु-जिरी सडकखण्डमा पर्ने सुनकोसी नदी पुलको बायाँ किनारातर्फको २७ कित्ता जग्गा अधिग्रहणको प्रक्रिया सुरु गरिएको प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले जानकारी दिए ।

निर्माण गर्न सडक विभागको नाममा जग्गा प्राप्त गर्न मन्त्रिपरिषद्बाट २०७६ पुस २८ गते निणर्य भएको र जग्गाप्राप्ति ऐन-२०३४ को दफा १८ (१) को प्रयोजनका लागि जग्गा अधिग्रहण गर्न कित्ता नम्बर, क्षेत्रफल, जग्गाधनीको नामलगायत विवरण सङ्कलन गरी सूचनासमेत प्रकाशन गरिसकेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७