सञ्चालनमा आयो पहिलो विद्युतीय चार्जिङ स्टेसन


१४ भाद्र २०७९, मंगलवार
urjaa

काठमाडौं । विद्युत् खपत प्रबर्द्धन गर्न तथा विद्युतीय सवारीको प्रयोगलाई बढावा दिने उद्देश्य स्वरुप नेपाल विद्युत् प्राधिकरणले काठमाडौँको रत्नपार्कमा चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको छ ।

ऊर्जा जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय कार्यालयमा स्थापना भएको चार्जिङ स्टेसनको उद्घाटन गरेकी हुन् । प्राधिकरणका अनुसार देशका प्रमुख शहर तथा राजमार्गहरुमा पनि द्रुत सवारी चार्जिङ स्टेसनहरुको स्थापना गर्ने तयारी भइरहेको छ । देशका विभिन्न स्थानमा ५१ वटा चार्जिङ स्टेसन स्थापना गर्ने कार्य भइरहेको प्राधिकरणले जनाएको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

प्राधिकरणले बिर्तामोड, दमक, विराटनगर, इटहरी, बेलाका, सुनसरी बसपार्क, लाहान, बर्दिबास र सिन्धुलीमाडीमा चार्जिङ स्टेसन स्थापना गर्दैछ। खुर्कोट, बनेपा, पथलैया, हेटौंडा, चितवन, मुग्लिन, धार्के, पोखरा, बर्दघाट, बुटवाल, भैरहवा, चन्द्रौटा, लमही, कोहलपुर, लम्की, अत्तरीया, महेन्द्रनगर र सुर्खेतमा चार्जिङ स्टेसन राखिंदैछ । काठमाडौंको साझा पुल्चोक, साझा बल्खु, हल्चोक र त्रिभवन अन्तर्राष्ट्रिय विमानस्थलमा पनि चार्जिङ स्टेसन जोडिंदैछ ।

city
ncll 2
jagdamba.cement
nepal liquors

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७