भारतका गौतम अडानी बने विश्वका तेस्रो धनी


१४ भाद्र २०७९, मंगलवार
GautamAdani1 20220830162913

काठमाडौं । भारतको औद्योगिक घराना अडानी समूहका अध्यक्ष गौतम अडानी विश्वका तेस्रो धनी व्यक्तिमा दरिएका छन् । फ्रान्सका बर्नार्ड अर्नाल्टलाई पछि पार्दै उनी विश्वको तेस्रो धनी व्यक्ति बनेका हुन् ।

विश्वव्यापीरूपमा व्यापार तथा वित्तीय विवरणको विश्लेषण गर्ने अमेरिकी कम्पनी ब्लुमवर्गले सार्वजनिक गरेको अर्बपतिहरूको सूचीअनुसार ६० वर्षीय गौतम अडानीको कूल सम्पत्ति एक खर्ब ३७ अर्ब ४० करोड डलर छ । ब्लुमवर्गको अति धनाड्यको सूचीको ११औँ नम्बरमा भारतका मुकेश अम्बानी छन् उनको खुद सम्पत्ति ९१ अर्ब ९० करोड डलर छ ।

ब्लुमवर्गको धनाड्यको सूचीमा तीन जना एसियाली उद्योगपतिलाई समावेश गरिएको यो पहिलो पटक हो । अडानीभन्दा अगाडि एलन मस्क र जेफ बजोस छन् । एलन मस्कसँग दुई खर्ब ५१ अर्ब अमेरिकी डलर बराबरको सम्पत्ति छ भने जेफ बजोस एक खर्ब ५३ अर्ब अमेरिकी डलर बराबरको कूल जायजेथा छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७