केन्यालाई हराउँदै नेपाललाई सिरिज


१४ भाद्र २०७९, मंगलवार
criket nepal

काठमाडौं । घरेलु टोली केन्याविरुद्धको टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिज नेपालले जितेको छ । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा मंगलबार भएको पाँचौं तथा अन्तिम खेलमा केन्यालाई ३१ रनले हराउँदै नेपालले सिरिज ३-२ ले जितेको हो ।

नेपालले दिएको १७६ रनको लक्ष्य पछ्याएको केन्याले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ४४ रन मात्र बनायो । केन्याका लागि नेहेम्याह ओधियाम्बोले सर्वाधिक ३७ रन बनाए । इरफान करिमले २८ रन जोड्दा कोलिन्स ओबुयाले २३ रन बनाए ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

बलिङतर्फ नेपालका सन्दीप लामिछाने र वसिर अहमदले दुईरदुई विकेट लिए । त्यस्तै करण केसी, आदील आलम र दीपेन्द्र सिंह ऐरीले एकरएक विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७५ रन बनाएको थियो ।

city

नेपालका लागि ज्ञानेन्द्र मल्लले ५९ रनको अर्धशतकीय इनिङ खेले । उनले ४४ बलमा ५ चौका र २ छक्का प्रहार गरे । यस्तै रोहित पौडेलले ४७ रन बनाए । अर्जुन साउद २९ रनमा आउट हुँदा दीपेन्द्र सिंह ऐरी २२ रनमा आउट भए । केन्याका शेम एन्गोचे, भिराज पटेल र नेहेम्याह ओधियाम्बोले दुईरदुई विकेट लिए । लुकास ओलुओचले एक विकेट लिए । अब नेपालले घरेलु टोलीसँग एकदिवसीय सिरिज खेल्नेछ ।

jagdamba.cement

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७