स्वर्णिम वाग्ले चितवन-१ का आकांक्षी, ६ जनाले गराए नाम दर्ता


१४ भाद्र २०७९, मंगलवार
swarnim wagle1661863722

काठमाडौं । नेपाली कांग्रेसबाट प्रतिनिधिसभा निर्वाचन चितवन क्षेत्र नं. १ बाट प्रत्यक्षतर्फ उम्मेदवार बन्न ६ जनाले नाम दर्ता गराएका छन् । नाम दर्ता गराउनेमा राज्यमन्त्रीदेखि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष समेत छन् । नेपाली कांग्रेसले उम्मेदवार हुन इच्छुकसँग आवेदन मागेको थियोे ।

नेपाली कांग्रेस चितवनका सचिव धुर्व पोखरेलका अनुसार, प्रत्यक्षतर्फ उम्मेदवार बन्न चाहने आकांक्षीमा वर्तमान प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ समेत छन् । श्रेष्ठसँगै राष्ट्रिय योजना आयोगका वर्तमान उपाध्यक्ष डा.विश्वनाथ पोडेल, पूर्व उपाध्यक्ष डा. स्वर्णिम वाग्लेले समेत नाम दर्ता गराएका छन् । वाग्ले यूएनडिपीको एशिया प्रशान्त क्षेत्रको आर्थिक सल्लाहकार थिए । उनी हालै नेपाल आएका हुन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

यस्तै दुईपटक चुनाव लडेर पराजित राजेन्द्रप्रसाद बुर्लाकोटी फेरि उम्मेदवार बन्न आंकाक्षा देखाएका छन् । उनी २०७० र २०७४ को निर्वाचनमा नेकपा (एमाले) का सुरेन्द्र पाण्डेसँग पराजित भएका थिए । त्यस्तै त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति डा. तीर्थराज खनियाँ र भिमप्रसाद थपलियाले नाम दर्ता गराएको सभापति ओलीले जानकारी दिए ।

city

त्यसै समानुपातिकतर्फ उम्मेदवार बन्न ८ जनाले नाम दर्ता गराएका छन् । पूर्वमन्त्री सावित्री बोगटी पाठक, पूर्व सांसद सावित्रीदेवी चौधरी, जोखाप्रसाद चौधरी, शुशीलादेवी उप्रेती, बासुदेव चौधरी, टंकप्रसाद उप्रेती, सूर्य अर्याल र मानबहादुर थापाले उम्मेदवार बन्न नाम दर्ता गराएको सभापति ओलीले जानकारी दिए । नेपाली कांग्रेसले अहिले संघ र प्रदेशमा उम्मेद्वार बन्न चाहने आकांक्षीहरुको नाम दर्ता गराइरहेको छ । यस्तै चितवन क्षेत्र नम्बर २ र ३ का लागि भोलि उम्मेद्वारको माग गरिएको छ ।

jagdamba.cement

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७