टोकलाको तीज लहर : मञ्चमा सेलिब्रेटी प्रस्तुती, मैदानमा चेलीबेटीहरु छमछमी


१५ भाद्र २०७९, बुधबार
tokala chiya scaled

काठमाडौं : नेपाली नारीको सबैभन्दा ठुलो पर्व तीज । मंगलबार उपत्यका लगायत देशभर विभिन्न कार्यक्रमहरुको आयोजना गरिएको थियो । पशुपतिनाथ मन्दिरदेखि विभिन्न देशभरका मन्दिरहरुमा महिलाहरुको घुइँचो लागेको थियो । सानो सानो समूहमा गीत बजाएर छमछमी नाँच्नेहरुको भिड लागेको थियो ।

तर काठमाडौंको तारीणी बहाल, मखन क्षेत्रमा भने एउटा फरक कार्यक्रम थियो । मञ्चमा नाम चलेका सेलिब्रेटीहरुले पालैपालो गीत गाइरहेका थिए । मैदानमा चेलीबेटी अर्थात् महिलाहरु छमछमी नाँचिरहेका थिए ।

टोकला चिया र ‘२५ वडा युवा क्लब’ को आयोजनामा मंगलबार भएको ‘टोकला तीजको लहर’ कार्यक्रम बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म चलेका थियो ।

स्थानीय र बाहिरबाट सहभागी हुन गएका महिलाहरु दिनभर रमाईलो गरेर तीज मनाएका थिए । कार्यक्रममा लोकप्रिय गायिकाहरु मिलन नेवार, सुवानी मोक्तान, मेघा श्रेष्ठ र रोश्ना फुयालको प्रस्तुति थियो । कार्यक्रम अवधिभर सहभागीहरुलाई नाँच्नका ‘ओपन फ्लोर’ को व्यवस्था गरिएको थियो ।

tokala chiya 3
tokala chiya 5


२०७३ देखि सुरु भएको ‘टोकल तिजको लहर’ को यो पाँचौं संस्करण हो । यसपालीको कार्यक्रमको नाम ‘टोकला तीजको लहर : नाँच्ने, गाउने, झुम्ने रहर’ राखिएको थियो । दर्शकहरुलाई इच्छा अनुसार टोकलाको कालो चिया र सेतो चिया पनि वितरण गरिएको थियो ।

हरितालिका तीजको अवसरमा टोकलाले आफ्नो नयाँ उत्पादन सार्वजनिक थियो भने टोकला चियाले दर्शक तथा सहभागीहरुलाई उत्पादन पनि वितरण गरेको छ । कार्यक्रमलाई ताना ग्रुपले सहयोग गरेको थियो ।

tokala chiya 2


कार्यक्रममा सहभागीहरुले टोकला चियाको स्वादको बारेमा अनुभव बाढेका थिए । यसअघि टोकलाको ५ प्रकारको उत्पादन थियो । यसपालीदेखि थप ८ प्रकारको उत्पादन सुरु भएको कार्यक्रममा आयोजकले जनाएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७