साउथाम्टनसँग चेल्सी पराजित


१५ भाद्र २०७९, बुधबार
Chealsea vs

काठमाडौं । इङलिस प्रिमियर लिगअन्तर्गत मंगलबार भएको खेलमा चेल्सी साउथाम्टनसँग २-१ गोल अन्तरले पराजित भएको छ ।

मंगलबारको खेलको २३ औं मिनेटमा नै चेल्सीका लागि रहीम स्टर्लिङले गोल गर्दै अग्रता दिलाएका थिए । तर, खेलको २८ औं मिनेटमा रोमेओ लाभिया र पहिलो हाफको इन्ज्युरी समयमा एडम आम्सटर्डमले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

दोस्रो हाफमा दुवै टोलीको तर्फबाट कुनै पनि गोल हुन सकेन र साउथाम्टनले यो सिजनको दोस्रो जित हात पार्‍यो । यससँगै साउथाम्टनले ५ खेलबाट ७ अंक हात पारेको छ भने समान खेलबाट चेल्सीले पनि समान ७ अंक जोडेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७