नारायणघाट-मुग्लिङ सडकखण्ड अवरुद्ध


१५ भाद्र २०७९, बुधबार
Mugling pahiro

चितवन । वर्षात कारण माथिबाट पहिरो खसेपछि नारायणघाट-मुग्लिङ सडक खण्ड अवरुद्ध भएको छ । भरतपुर २९ सो सडक खण्डको केराबारीमा बिहान साढे २ बजे माथिबाट पहिरो झरी बाटो दुईतर्फी बन्द भएको हो । सो स्थानमा पहिरो हटाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

त्यस स्थानमा पटक-पटक लेदोसहितको पहिरो खस्दा सडक अवरुद्ध हुने गरेको छ । पहिरो खसेपछि गन्तव्यमा हिँडेका यात्रुहरु अलपत्र परेका छन् । अहिले सवारी साधनको लामो लाइन लागेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७