हात्तीको आक्रमणबाट झापामा एक जनाको मृत्यु


१५ भाद्र २०७९, बुधबार
Elephant 3
फाइल फोटो

झापा । जङ्गली हात्तीको आक्रमणबाट झापामा एक जनाको ज्यान गएको छ । बुधबार हात्तीको आक्रमणमा परेका देबिबहादुर अधिकारीको उपचारको लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको हो ।

झापाको बाह्रदशी-१ बस्ने ८० वर्षीय अधिकारीलाई मनकामना सामुदायिक वनमा हात्तीले आक्रमण गरेको थियो । घाइते अधिकारीलाई थप उपचारको लागि धरान लैजादै गर्दा साँझ ५ः३० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दियो । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको कार्यलय प्रवक्ता प्रहरी नायव उपरीक्षक बसन्त पाठकले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७