इक्वेडरमा भेटियो लोपोन्मुख कछुवाको अस्थिपञ्जर


१५ भाद्र २०७९, बुधबार
Kachhuwa

इक्वेडर (क्विटो) । इक्वेडरले चारवटा गालापागोस प्रजातिका ठूला कछुवा मारिएको घटनामाथि अनुसन्धान सुरु गरेको छ ।

वकिलहरूले मानिसहरूले तिनीहरूलाई सिकार गरेर खाने गरेको आंशका गरेका छन् । गालापागोस द्वीपसमूहको सबैभन्दा ठूलो टापु इसावेलास्थित एउटा राष्ट्रिय निकुन्जमा ती घिस्रने प्राणीका अवशेषहरू फेला परेको थियो ।

यस लोपोन्मुख जनावरलाई मार्न सन् १९३३ देखि प्रतिबन्ध लगाइएको हो । तर, विगत दुई वर्षभित्र मात्रै एक दर्जन भन्दा बढी कछुवा मारिएको छ । कुनै समय इक्वेडरबासीले कछुवाको मासु स्वादिलो मान्दै खाने गर्दथे । अहिले कछुवाको सिकार गर्नेलाई तीन वर्ष लामो कारावास सजायको व्यवस्था गरिएको छ ।

सन् २०२१ को सेप्टेम्बरमा पनि निकुन्जका वन रक्षकहरूले इसावेलामा नै सियर्रा नेग्रा प्रजातिका १५ वटा विशाल कछुवाको अस्थिपञ्जर भेटाएका थिए । तिनीहरूका शरीरका बाह्य कडा खोलका तस्बिर सामाजिक सञ्जालमा भाइरल भएपछि इक्वेडरमा जनआक्रोश फैलिएको थियो ।

त्यतिबेलाको अनुसन्धानले तिनीहरूको सिकार गरेर मासु खाइएको पुष्टि गरेको थियो । पछिल्लो समय चारवटा कछुवाको अस्थिपञ्जर पाइएपछि कतै त्यही कुप्रथाले निरन्तरता पाइरहेको त छैन भन्ने प्रश्न खडा भएको छ । बीबीसीबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७