सबै सुदखोरविरुद्ध एकमुष्ट राजनीतिक निर्णय गर्न सरकारलाई बाबुरामको आग्रह


१५ भाद्र २०७९, बुधबार
baburam bhattarai
फाइल फोटो

काठमाडौं । नेपाल समाजवादीका पार्टीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले चर्को ब्याज असुलेर गरिबको उठिवास लगाउने सबै सुदखोरविरुद्ध एकमुष्ट राजनीतिक निर्णय गर्न सरकारलाई आग्रह गरेका छन् ।

मिटरब्याज तथा ठगीविरुद्ध काठमाडौंमा किसान-मजदुरले आन्दोलन गरिरहेका छन् । उनीहरूले काठमाडौंमा सडक संघर्ष गरेको एक महिना पुग्ने दिन बिहीबार किसान-मजदुर मार्च गर्दै छन् ।

त्यसमा समर्थन जनाउँदै नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. भट्टराईले मिटरब्याजीविरुद्ध एकमुष्ट राजनीतिक निर्णय गरेर सावाँभन्दा बढी ब्याज तिरिसकेका गरिब, किसान, मजदुरलाई ऋणमुक्त गर्न सरकारसँग अनुरोध गरेका हुन् ।

‘सरकारले सबैखाले सुदखोरीविरूद्ध एकमुष्ट राजनीतिक निणर्य गरेर सावाँभन्दा बढी ब्याज तिरिसकेका देशभरका गरिब किसान, मजदुर, साना व्यवसायीहरूलाई पूर्णरूपले ऋणमुक्त गरोज्ञस्’, डा. भट्टराई आज (बुधबार) बिहान सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘खुद्रे/पटके निणर्य र तातो न छारोको ‘छानबिन समिति’ बनाएर अल्झाउने, झारा टार्ने काम नगरोस् ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७