चट्याङ लागेर दाङमा दुई महिलाको मृत्यु, १२ जना घाइते


१५ भाद्र २०७९, बुधबार
chatyang

दाङ । चट्याङ लागेर दाङमा दुई महिलाको ज्यान गएको छ । अन्य १२ जना घाइते भएका छन् । घोराही उपमहानगरपालिका-१२ गुर गाउँमा मंगलबार बेलुकी चट्याङ लागेर दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

मृतक र घाइतेको अझै नाम खुल्न नसकेको दाङका प्रहरी प्रवक्ता डीएसपी राजन गौतमले बताएका छन् । ‘दुई जनाको मृत्यु भन्ने खबर आएको छ । त्यहाँ जान गाडीबाट झरेर पनि ४ घण्टा हिँड्नु पर्छ । कसैसँग सम्पर्क भएको छैन’, उनले भने, ‘बिहान वडाध्यक्षलाई फोन आएको रहेछ उहाँ पनि हाम्रो प्रहरी टोलीसँगै गइरहनु भएको छ । अझै डेढ घण्टा जतिमा पुगौंला भन्नुभएको छ ।’ उनले त्यो ठाउँमा फोन सम्पर्क समेत नभएको बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७