६ घण्टापछि खुल्यो नारायणगढ-मुग्लिन सडक खण्ड


१५ भाद्र २०७९, बुधबार
mugling

चितवन । नारायणगढ-मुग्लिन सडक खण्ड अवरुद्ध भएको छ घण्टापछि सञ्चालनमा आएको छ । सडक खण्डको भरतपुर-२९ स्थित केराबारीमा खसेको पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याइएको हो ।

गए राति साढे २ बजे खसेको पहिरो बिहान साढे ८ बजेको समयमा पन्छाएर सडक दुईतर्फी सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरी अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७