तनहुँ-२ बाट चुनाव लड्न प्रदीप पौडेलले दिए पार्टीमा आवेदन


१५ भाद्र २०७९, बुधबार
pradeep podel

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले आफू इच्छुक निर्वाचन क्षेत्रबारे पार्टीमा आवेदन दिएका छन् । क्षेत्रीय कार्यसमितिले चुनाव लड्न इच्छुकबाट आवेदन माग गरेको थियो ।

सोही माग अनुसार प्रतिनिधिसभा निर्वाचनका लागि तनहुँ क्षेत्र नम्बर २ बाट चुनाव लड्ने गरी पार्टीमा आवेदन दिएको पौडेलले जानकारी दिएका छन् । उनले यसअघि पनि तनहुँ २ बाटै उम्मेदवार हुने बताउँदै आएका थिए । केन्द्रीय सदस्य ध्रुव वाग्ले र जिल्ला सभापति जित प्रकाश आलेले पनि सोही क्षेत्रमा उम्मेदवार हुनका लागि पार्टीमा आवेदन बुझाएका छन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

पौडेल गत मंसिरमा सम्पन्न १४ औं महाधिवेशनमा महामन्त्रीको उम्मेदवार थिए । शेरबहादुर देउवाको प्यानलबाट उम्मेदवारी दिएका पौडेल गगन थापा र विश्वप्रकाश शर्मासँग पराजित भएका थिए । यहाँ कांग्रेसका शंकर भण्डारी ०७४ को निर्वाचनमा उम्मेदवार बनेका थिए । सो क्षेत्रबाट नेकपा एमालेका केदार सिग्देल ३२ हजार ९ सय २४ मतसहित विजयी हुँदा भण्डारीले २९ हजार ६ सय ४५ मत प्राप्त गरेका थिए ।

city

भण्डारीले यो पटक तनहुँ १ मा उठ्नका लागि आवेदन दिएका छन् । तनहुँ-१ मा अन्तिम पटक निर्वाचन लड्ने वरिष्ठ नेता रामचन्द्र पौडेलले सार्वजनिक रुपमा घोषणा गरिसकेका छन् । पौडेलले गत ३ भदौमा गृहनगर दमौलीमा सञ्चारकर्मीसँग कुरा गर्दै अन्तिम पटक सोही क्षेत्रबाट निर्वाचन लड्ने चाहना ब्यक्त गरेका थिए । कांग्रेसले प्रदेश कार्यसमितिलाई भदौ २० भित्र रायसहित उम्मेदवारका नाम केन्द्रमा पठाउन निर्देशन दिएको थियो ।

jagdamba.cement

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७