नेपाल बैंकले पनि आस्वा शुल्क नलिने


१५ भाद्र २०७९, बुधबार
Nepal bank

काठमाडौं । नेपाल बैंकले पनि आस्वा शुल्क नलिने घोषणा गरेको छ । अबदेखि लगानीकर्ताले यस बैंकको आस्वा सेवा प्रयोग गरेर सेयर भर्दा कुनै पनि शुल्क तिर्नुपर्ने छैन । यसअघि बैंकले आस्वाबापत १० रुपैयाँ शुल्क लिँदै आएको थियो ।

योसँगै सी-आस्वा सेवा निःशुल्क प्रदान गर्ने बैंकको संख्या ६ पुगेको छ । नेपाल धितोपत्र बोर्डले सी-आस्वा सेवाको शुल्क अधिकतम ५ रुपैयाँसम्म लिन पाउने व्यवस्था गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७