घट्यो सुनचाँदीको भाउ, तोलाको कतिमा हुँदैछ कारोबार ?


१५ भाद्र २०७९, बुधबार
gold

काठमाडौं । सुनचाँदीको मूल्य घटेको छ । मंगलबारको तुलनामा बुधबार सुनचाँदीको मूल्य घटेको । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार बुधबार तोलामा ८०० रुपैयाँले घटेर ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुनको मूल्य प्रतितोला ९४ हजार ८०० रुपैंया रहेको थियो । तेजावी सुनको मूल्य ९३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, बुधबार चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेर १ हजार १३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदीको मूल्य स्थिर रहँदै १ हजार १४५ रुपैयाँमा किनबेच भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७