डेढ घण्टा ढिला गरी जबराको बयान शुरु


१५ भाद्र २०७९, बुधबार
cholendra samser

काठमाडौं । महाभियोग सिफारिस समितिको बैठक डेढ घण्टा ढिलो गरी निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग बयान लिन शुरु गरेको छ । बिहान १०ः५५ मा सिंहदरबार पुगेका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले करिब डेढ घण्टा ‘वेटिङ’ गरेपछि बैठक शुरु भएको हो ।

जबरासँग खुला बयान लिने की बन्द भन्ने विषयमा समितिका सदस्यहरुबीच छलफलका कारण डेढ घण्टा ढिलो गरी बैठक शुरु भएको हो । समितिले जबरासँग ४३ वटा प्रश्नको लिखित र मौखिक जवाफ माग्नसक्ने बताइएको छ ।

उनीविरुद्ध नेपाल बार र सर्वोच्च बार एशोसियसन, पूर्वन्यायाधीश फोरम, कानुन व्यवसायीहरूका संगठन र व्यक्तिगतरूपमा प्रमाण आएका बताइएको छ । फागुन १ गते सत्तारुढ सांसदहरुले महाअभियोग दर्ता गराएपछि उनी स्वतः निलम्बनमा परेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७