बरुण हाइड्रोपावरको हकप्रद शेयर २६ भदौसम्म भर्न पाइने


१५ भाद्र २०७९, बुधबार
IPO

काठमाडौं । बरुण हाइड्रोपावर कम्पनीले ६ भदौदेखि खुला गरेको हकप्रद शेयरमा आवेदन दिने अन्तिम म्याद २६ भदौसम्म रहेको छ । पहिला बिक्री प्रबन्धकले गतल तथ्यांक राखेपछि केही समयका लागि हकप्रद स्थगित गरिएको थियो । तर, उक्त समस्या समाधान भइसकेकाले पुनः हकप्रद बिक्री सुचारु भएको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले कुल २६ लाख ७९ हजार ५५ कित्ता हकप्रद शेयर बिक्रीमा ल्याएको हो । बरुणले हकप्रद शेयर बिक्रीका लागि २ साउनमा बुक क्लोज गरेको थियो । १ साउनसम्म कायम रहेका सेयरधनीले हकप्रद शेयरमा आवेदन दिन सक्ने छन् ।

barun hydropower company limited

यसमा बिक्री प्रबन्धकको काम आरबीबी मर्चेन्ट बैंकिङले गरेको छ । हकप्रदमा आरबीबी मर्चेन्ट बैंकिङ र राष्ट्रिय वाणिज्य बैंकको विभिन्न शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसका साथै, मेरो शेयर सफ्टवेयरमार्फत अनलाइनबाट आवेदन दिन सकिनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७