सेन्ट्रल प्लाजा र राहदानी विभागमा महानगरको निरीक्षण, नक्सा हेरेर फर्कियो


१५ भाद्र २०७९, बुधबार
bira
फाइल फोटो

काठमाडौं । काठमाडौं महानगरपालिकाको नगर प्रहरीको टोलीले आज (बुधबार नारायण चौरस्थित सेन्ट्रल प्लाजा र त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडिको रेष्टुरेन्टमा निरीक्षण गरेको छ ।

भदौ ६ गतेदेखि चलेको अभियान निरन्तर जारी राख्दै निरीक्षणमा निस्किएको नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले बताए । ‘हामी निरन्तर अवैध संरचना भत्काउने अभियानमा छौं’, उनले भने ।

पाण्डेका अनुसार राहदानी विभाग अगाडिको रेष्टुरेन्टलाई हटाउन निर्देशन दिइएको छ । ‘दुई ठाउँमा पुगेर फर्किएका छौँ । नक्सापास हेर्दैछौँ । त्यसपछि कतै निस्कन्छौं’, उनले भने । सेन्ट्रल प्लाजाका सञ्चालकले प्लाजाको अन्डर ग्राउन्ड पार्किङ प्रयोजनका लागि नभएको दाबी गर्दा कारबाही बिना नगर प्रहरी टोली फर्किएको महानगरले जनाएको छ ।

नगर प्रहरी टोलीले बैंक अफ काठमाण्डूको नक्साल शाखामा पनि निरीक्षण गरेको छ । बैंक रहेको भवनमा नक्सापासविपरीत अवैध संरचना निर्माण भए नभएकोबारे निरीक्षण गरिएको नगर प्रहरी प्रमुख एसपी पाण्डेले बताए । भदौ ६ गतेदेखि सञ्चालित अवैध संरचना हटाउने महानगरको अभियान जारी छ । महानगरका मेयर बालेन्द्र शाह (बालेन) को निर्देशनमा नगर प्रहरीले अवैध संरचना हटाउँदै आएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७