जबराको बयान : दिपक कार्कीलाई प्रधानन्यायाधीश बनाउन महाभियोग ल्याइयो


१५ भाद्र २०७९, बुधबार
cholendra 1

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले दिपक कार्कीलाई प्रधानन्यायाधीश बनाउन आफूमाथि महाभियोग लगाइएको आरोप लगाएका छन् । आज (बुधबार) संसदीय महाभियोग सिफारिस समितिमा दिएको बयानमा प्रधानन्यायाधीश जबराले आफूले न्यायालय सुदृढीकरणका लागि काम गर्दा मिथ्या आरोप खेप्नु परेको बताएका छन् ।

‘दिपककुमार कार्कीलाई प्रधानन्यायाधीश बनाउन महाभियोग लगाइएको हो,’उनले भने । बयानका क्रममा जबराले संसदको सम्मानका लागि आफू महाभियोग सिफारिस समितिमा आएको बताए ।

उनले न्यायापालिकालाई कमजोर बनाउन खेल खेलिएको समेत बताएका छन् । आफूमाथि लागेको महाभियोगबारे बयान दिन जबरा बुधबार बिहान सिंह दरबार पुगेका थिए । बयान लिने काम जारी छ ।

भदौ ८ गते महाभियोगी सिफारिस समितिको बैठकले महाभियोग लगाइएको आरोपसँग सम्बन्धित विषयमा प्रमाण, कागजात तथा जानकारी उपलब्ध गराइदिन सरोकारवाला निकाय, व्यक्तिबाट माग गरेको थियो। सोहीबमोजिम नेपाल बार एसोसिएसनले जबरालाई महाभियोग पुष्टि गर्ने कागजात एवं विवरणसहितको ३४ बुँदे पत्र महाभियोग सिफारिस समितिलाई बुझाएको छ ।
यसअघि जबराको राजीनामा माग गर्दै बारले १०९ दिनसम्म आन्दोलन गरेको थियो । जबराको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै सर्वोच्चका न्यायाधीश इजलास बस्न इन्कार गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७