काठमाडौं ४ बाटै चुनाव लड्छु, कतै आवेदन दिएको छैन : गगन थापा

गगन थापालाई कास्की-१ बाट उम्मेदवार बनाउन सिफारिस


१५ भाद्र २०७९, बुधबार
Gagan Thapa

कास्की । सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापालाई कास्की-१ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनको उम्मेदवार बनाउन सिफारिस गरिएको छ ।

कास्की प्रतिनिधिसभा क्षेत्र नम्बर १ कांग्रेसको बैठकमा कास्की कांग्रेसका सचिव भानु ढकालले कास्की १ बाट कांग्रेस उम्मेदवारको रुपमा महामन्त्री थापालाई उठाउन प्रस्ताव गरेका हुन् ।

301999480 441168768069463 4099409508789861223 n

२०७० र २०७४ सालमा काठमाडौं-४ बाट निर्वाचित भएका थापालाई कास्की-१ बाट उम्मेदवार बनाउन सिफारिस भएको हो । आउँदो ४ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन हुँदैछ ।

303104792 3441833339373437 4715365864533829911 n
301944852 423332069894139 937442910029111044 n

काठमाडौं ४ बाटै चुनाव लड्छु, कतै आवेदन दिएको छैन : गगन थापा
यसैबीच कांग्रेसका महामन्त्री गगन थापाले काठमाडौं-४ बाटै प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दिने बताएका छन् ।
कास्की निर्वाचन क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्यका लागि दिएको मनोनयन फारम सामाजिक सञ्जालमार्फत् बाहिरिएपछि उनले यस्तो प्रष्टीकरण दिएका हुन् ।

‘म काठमाडौँ-४ मै लड्छु । यता कसैले आवेदन मागेको छैन । मैले दिएको पनि छैन । तर, मेरो नाम सिफारिस भइहाल्छ,’ उनले भने, ‘कास्की १ बाट मनोनयन फारम दर्ता गरिएको बारेमा केही जानकारी छैन ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७