राष्ट्रपति भेट्न प्रचण्डसहितका माओवादी नेता शीतल निवासमा


१५ भाद्र २०७९, बुधबार
bidhya prachanda
फाइल फोटो

काठमाडाैं । सत्तारुढ नेकपा (माओवादी केन्द) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वमा पाँच जना माओवादी नेताहरु राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन् ।

विवादित नागरिकता विधेयकलाई राष्ट्रिय सभाले पारित नगरी विधायन समितिमा पठाइदिएपछि सत्तारुढ दलले राष्ट्रपतिसँग छलफल गरिरहेका छन् । यसअघि प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका नेताहरुले पनि नागरिकता विधेयकलाई लिएर राष्ट्रपतिलाई भेटिसकेका छन् ।

केहीबेर अघि प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष कृष्णबहादुर महरा तथा उपमहासचिवद्वय जनार्दन शर्मा र वर्षमान पुन पनि शीतल निवास पुगेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७