ओलीको आरोप : पाँच दलीय गठबन्धन जनताको रगत चुस्न बनेको हो


१५ भाद्र २०७९, बुधबार
CPNUML KP Oli
फोटो

कञ्चनपुर । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ पाँच दलीय गठबन्धन जनताको रगत चुसेर देशलाई कंगाल बनाउन बनेको टिप्पणी गरेका छन् । बुधवार कञ्चनपुरमा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गठबन्धन आफै मित लगाएर पनि नबनेको बताए ।

‘जनताको रगत चुसेर जनतालाई कंगाल बनाउन देशविरुद्ध एउटा गठबन्धन बनेको छ । यो आफै आफै मित लगाएर बनेको पनि होइन’, ओलीले भने, ‘अन्तै कसैले टाउका समातेर बनेको छ ।’ पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले गठबन्धनमा रहेका दलहरू जुट्न पनि नसकेको र फुट्न पनि नसकेको बताए ।

‘जुटेका पनि छैनन् फुट्ने ल्याकत पनि छैन । जेजस्तो भए पनि यी यहीँ बस्नेवाला छन्, त्यही भएर देशभरका जनता अरू पार्टी छोडेर एमालेमा ओइरो लागेका छन् ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७