सत्तारुढ गठबन्धनको बैठक निष्कर्षविहिन सिट : बाँडफाँटमा विवाद कायमै


१५ भाद्र २०७९, बुधबार
Gathbandhan Top five leader of nepal

काठमाडौं : आम निर्वाचनको सिटको बाँडफाँट गर्न बसेको सत्ता गठबन्धन शीर्ष नेताहरुको बैठक निष्कर्षमा बुधबार पनि निष्कर्षविहिन भएको छ ।

बुधबार साँझ ५ बजेदेखि ८ बजेसम्म भएको बैठकमा सिट बाँडफाँटको विषयमा शीर्ष नेताहरु नै तिव्र विवाद भएको बैठकमा सहभागी एक नेताले बताए । बुधबार सहमति नभएपछि बिहीबार पुनः बस्ने गरी बैठक सकिएको छ ।

बैठकमा सहभागी ती नेताका अनुसार आजको बैठकमा सबै दलका नेताहरुले आआफ्नो दाबीबाट ठसमस भएनन् । बैठकमा सधैं जस्तै कांग्रसले १०० सिट पाउनुपर्ने दावी नेपाली कांग्रेसले गरेको छ । माओवादीले ६०, नेकपा एकीकृत समाजवादीले ४०, जसपाले ३२ र जनमोर्चाले २ सिटको दावी गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७