पत्रकार शम्भु श्रेष्ठ प्रतिनिधिसभाको उम्मेदवारमा सिफारिस


१५ भाद्र २०७९, बुधबार
Shambhu Shrestha

काठमाडौँ : नेकपा (एकीकृत समाजवादी) केन्द्रीय प्रचार विभागले विभागका उपप्रमुख शम्भु श्रेष्ठ, सदस्य चमिना भट्टराई र राजेन्द्र कुँवरलाई आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा उम्मेदवारीका लागि सिफारिस गरेको छ ।

विभाग प्रमुख तथा पार्टी उपमहासचिव जगन्नाथ खतिवडाको अध्यक्षतामा आज पार्टी कार्यालयमा बसेको तेस्रो पूर्ण बैठकले श्रेष्ठलाई सङ्घीय सांसदमा तथा समानुपातिकमा भट्टराई र कुँवरलाई क्रमशः बारा ३(क) र अछाम १(क) बाट प्रदेशसभामा प्रत्यक्ष प्रणालीतर्फ सिफारिस गरेको हो ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

बैठकले आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा केन्द्रित हुने गरी प्रचार-प्रसारलाई तीव्र बनाउन विभाग र समाजवादी प्रेस सङ्गठन नेपालका विभिन्न पदाधिकारी एवं केन्द्रीय सदस्यलाई केन्द्र र भूगोलमा जिम्मेवारी दिने निर्णय गरेको विभागका सचिव प्रकाश खतिवडाले जानकारी दिए ।

city
jagdamba.cement

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७