मैले चुनाव लड्ने बिषयमा निर्णय गरीसकेको छैन : कुलमान घिसिङ


१५ भाद्र २०७९, बुधबार
Kulman Ghising

काठमाडौं : नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले आगमी आम निर्वाचनमा चुनाव लड्ने निर्णय गरी नसकेको बताएका छन् । मंसिर ४ गते हुने आम निर्वाचनमा काठमाडौं–३ बाट चुनाव लड्ने चर्चा चलिरहेको बेला निर्देशक घिसिङले चर्चा मात्रै चलेको तर निर्णय भइ नसकेको उनको भनाई छ ।

बुधबार घिसिङले सञ्चारकर्मीहरुसँग भनेका छन्, ‘चर्चा त चलिहाल्छ । तर मैले चुनाव लड्ने बिषयमा निर्णय गरीसकेको छैन ।’लोडसेडिङको मारमा देश रहेको बेला उनी प्राधिकरणमा आएपछि लोडसेडिङको अन्त्य भएको थियो । त्यसपछि उनको लोकप्रियता बढेको छ ।

गत शनिबार माओवादीको उपत्यका विशेष प्रदेश कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौंमा बालेन शाह भन्दा चर्चित उम्मेदवार खडा गर्ने बताएका थिए । उनले भनेका थिए, ‘उम्मेदवार पनि नयाँ नयाँ मान्छे लिएर आउने सोच्दैछौँ, नयाँ मान्छे, तपाईँहरूले सोच्दै नसोचेको मान्छे ल्याउने विचार छ मेरो ।’

काठमाडौं उपत्यकामा नेकपा (माओवादी केन्द्र)को अवस्था कमजोर रहेको बिश्लेषण भइरहेको बेला चुनावमा आ–आफ्नो दलको पक्षमा माहौल बनाउन घिसिङलाई उम्मेदारको रुपमा ल्याउन लागिएको माओवादी नेताहरुको भनाई छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७