महाअभियोग सिफारिस समितिले आज पनि जबरासँग बयान लिने


१६ भाद्र २०७९, बिहीबार
cholendra shumsher jb rana

काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको महाअभियोग सिफारिस समितिले आज (बिहीबार) पनि निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग बयान लिने भएको छ । हिजोबाट समितिले जबरासँग बयान लिन थालेको थियो ।

समितिको बैठक सिंहदरबारस्थित संसदीय समितिको सभाकक्षमा बिहान ११ बजेका लागि बोलाइएको छ । हिजोको बैठकमा जबरालाई ४३ मध्ये पाँच प्रश्न सोधिएको थियो । बाँकी प्रश्नको उनले क्रमशः सामना गर्दै जानेछन् ।

हिजोको बयानमा जबराले आफूविरूद्ध लगाइएको महाभियोग निष्क्रिय भइकेको र आरोप राजनीतिक प्रेरित भएको दाबी गरेका थिए । विधि-पद्दतिबाट काम गरिरहेको आफूलाई मिडिया र राजनीति दलले पूर्वाग्रह राखेको उनको दाबी थियो । सवाल-जवाफका क्रममा जबराले आफूले पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पाँचै जना न्यायाधीशलाई महाअभियोग लगाइ दिन आग्रह गरेको खुलासा गरेका छन् । उनले ओलीसँग आफूले हात जोडेर संवैधानिक इजलासमा राख्नुपर्ने न्यायाधीशलाई राख्न नसकेको र राख्नुनपर्ने न्यायाधीशलाई राख्नुपरेको जानकारी गराएको पनि बताएका छन् ।

उनले ९९ प्रतिशत जनताका मुद्दामा निष्पक्ष भएर काम गरेको र कुनै कमजोरी नरहेको भन्दै राजनीतिक मुद्दामा भने त्यसो हुन नसेको बताएका छन् । जबराविरुद्ध संघीय संसद् सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गरिएसँगै उनको पद निलम्बनमा परेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७