पहिरोसँगै आएको ढुङ्गाले लागेर एक जनाको मृत्यु


१६ भाद्र २०७९, बिहीबार
pahiro 4
फाइल फोटो

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको त्रिपुरान्दरी गाउँपालिका-४ बुसुन्डोलमा खोला तर्ने क्रममा बुधबार साँझ एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय अमित थामी छन् ।

मामाघरबाट तीज मनाएर आमा र बहिनीका साथमा फर्किदै गरेका थामीको खोला तर्ने क्रममा पहिरोसँगै आएको ढुङ्गाले लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक शिव बुढाथोकीले जानकारी दिए । उनकी आमा र बहिनी भने सकुशल छन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

खोलामा पुल नहुँदा स्थानीले सास्ती खप्दै आएका छन् । मुलाबारीबाट पिस्कर अध्ययन गर्न आउने विद्यार्थी तथा स्थानीयलाई वर्खामा आवतजावत गर्न खोलामा जोखिम रहेको स्थानीयले बताएका छन् । रासस

city
ncll 2
jagdamba.cement
nepal liquors

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७