पहिरोले नारायणगढ-मुग्लिन सडक खण्ड अवरुद्व


१६ भाद्र २०७९, बिहीबार
mugling pahiro
फाइल फोटो

चितवन । पहिरोले नारायणगढ-मुग्लिन सडक खण्ड अवरुद्व भएको छ । भरतपुर महानगरपालिका-२९ केराबारीस्थित नारायणगढ-मुग्लिन सडक खण्डमा बिहीबार बिहान ५ बजेर ५० मिनेटतिर माथिबाट लेदोसहितको पहिरो झर्दा बाटो अवरुद्व भएको हो ।

उक्त स्थानमा प्रहरी टोली गई सडक विभागसँग समन्वय गरी खुलाउने पहल भइरहेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी नरहरि अधिकारीले जानकारी दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७