हङकङलाई हराउँदै भारत सुपर चारमा प्रवेश


१६ भाद्र २०७९, बिहीबार

काठमाडौं । एसिया कप क्रिकेटमा लगातार दोस्रो जित निकालेको भारत सुपर चारमा प्रवेश गरेको छ । दुबईमा गए राति भएको खेलमा हङकङलाई ४० रनले हराउँदै भारत सुपर चारमा पुगेको हो ।

भारतले दिएको १ सय ९३ रनको लक्ष्य पछ्याएको हङकङले २० ओभरमा ५ विकेट गुमाएर १ सय ५२ मात्रै बनायो । उसका बाबर हायातले ३१ तथा किन्चित शाहले ३० रन जोडे । भारतका भुवनेश्वर कुमार, आबेश खान, रविन्द्र जडेजा र अर्शदिप सिंहले समान एक/एक विकेट लिए ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

त्यसअघि पहिला ब्याटिङ गरेको भारतले २० ओभरमा २ विकेट १ सय ९२ रन बनाएको थियो । भारतका सुर्यकुमार यादव र विराट कोहलीले अविजित अर्धशतक बनाए । यादवले ६८ तथा कोहलीले ५९ रन जोडे ।

city

हङकङका आयुस शुक्ला र मोहम्मद घजान्फरले एक/एक विकेट लिए । जितसँगै समूह ‘ए’ को भारतले २ खेलमा ४ अंक जोडेको छ । पहिलो खेलमा भारतले पाकिस्तानलाई ५ विकेटले हराएको थियो । एसिया कप क्रिकेटमा ६ टोली सहभागी छन् । समूह ‘बी’ मा दुई खेल जितेको अफगानिस्तान सुपर चारमा प्रवेश गरिसकेको छ । आज श्रीलंका र बंगलादेश तथा भोली पाकिस्तान र हङकङबीच खेल हुनेछ ।

jagdamba.cement

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७