पीएसजीको अविजित यात्रा कायमै


१६ भाद्र २०७९, बिहीबार
india cricket LedmxtUctQ 1

पेरिस । पेरिस सेन्ट जर्मेन (पीएसजी) ले आफ्ना नयाँ प्रशिक्षक क्रिस्टोफ ग्लाटरको नेतृत्वमा फ्रान्सेली लिग वानमा आफ्नो अपराजित यात्रा कायम राख्ने क्रममा बुधबार टुलोजलाई सजिलै ३-० ले हराएको छ ।

पाहुना टिम रहेको फ्रान्सेली च्याम्पियनले नेयमारको गोलले अग्रता लिएयता केयलिन एमबापेले दुई गोल थपे । यी दुवै गोलमा सहयोगी भूमिका भने लियोनल मेसी निभाएका थिए ।

यो जितपछि पीएसजीको पाँच खेलमा १३ अंक भएको छ । लेन्स र मार्सेको पनि समान १३ अंक रहेको छ । लेन्सले लोरेन्टलाई ५-२ र मार्सेले क्लेमोन्टलाई १-० ले हराएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७