हल्यान्डको अर्को ह्याट्रिक, आर्सनलको शतप्रतिशत सुरुआत


१६ भाद्र २०७९, बिहीबार
haland

लन्डन । इर्लिङ हल्यान्डले लगातार दोस्रो खेलमा ह्याट्रिक गरेपछि म्यानचेस्टर सिटीले इङलिस प्रिमियर लिगमा बुधबार नटिङ्घम फरेस्टलाई ६-० ले हराएको छ । क्रिस्टल प्यालेसविरुद्धको पछिल्लो खेलमा पनि उनले तीन गोल गरेका थिए ।

आर्सनलले पनि लिगमा आफ्नो शतप्रतिशत जित यात्रालाई कायम राख्दै एस्टन भिल्लालाई २-१ ले हरायो । यस्तै लिभरपुलले पनि न्युकासल युनाइटेडलाई २-१ ले पराजित गर्‍यो । आर्सनल पाँच खेलबाट १५ अंकसहित शीर्ष स्थानमा छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

त्यसपछि सिटीको १३ अंक छ र दोस्रो स्थानमा छ । टोटनहम ११ अंकमा तेस्रो स्थानमा छ र उसले अर्को खेलमा वेस्ट ह्यामसँग १-१ को बराबरी खेल्यो । बर्नमाउथ र उल्भबीचको खेल भने निरश गोलरहित बराबरीमा टुंगियो ।

city
ncll 2

सिटीको जितमा जुलियन एल्भारेजले दुई गोल गरे भने जाओ कन्सेलोले एक गोल गरे । आर्सनलले सन् २००४-२००५ यता पहिलो पल्ट लिगका सुरुआती पाँच खेल जितेको छ । उसका लागि इमिलिनो मार्टिनेजीले निणर्ायक गोल गरे । भिल्ला पछिल्ला पाँच खेलमध्ये चारमा पराजित रहेको छ । लिभरपुलका जितमा खेलको अन्तिम समयमा फाबियो कारभाल्होले विजयी गोल गरे ।

jagdamba.cement
nepal liquors

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७