सिन्धुलीमा चुनावी चहलपहल बढ्दै


१६ भाद्र २०७९, बिहीबार
Nirbachan scaled

सिन्धुली । सिन्धुलीमा चुनावी चहलपहल बढ्दै गएको छ । आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन केन्द्रित छलफल तथा कार्यक्रम जिल्लाका ७९ वडामै भइरहेको छ । नेता र कार्यकर्ताले मतदातासित भेटघाट बाक्लो बनाउँदै गएका छन् ।

चिया पसलदेखि चौतारोसम्म पार्टीका नेता तथा कार्यकर्ता छलफलमा व्यस्त देखिन्छन् । राजनीतिक दलले चुनाव केन्द्रित गतिविधि बढाउँदै लगेका छन् । उनीहरु निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्न कसर गर्दैछन् । दैनिक जिल्लास्तरीय तथा वडास्तरीय सभा, समारोह जारी छन् ।

नेपाली कांग्रेसले शुक्रबार फिक्कल गाउँपालिमा बृहत् प्रशिक्षण कार्यक्रम आयोजना गर्दैछ । निर्वाचनलाई लक्षित गरेर उक्त कार्यक्रमको आयोजना गरिएको पार्टीका जिल्ला सभापति उपेन्द्रकुमार पोखरेलले जानकारी दिनुभयो । दुई दिनसम्म चल्ने उक्त कार्यक्रममा केन्द्रीय, प्रदेश, जिल्ला र स्थानीय तहका नेता, कार्यकर्ताको उपस्थिति रहने बताइएको छ ।

नेकपा (एमाले) सिन्धुलीले बुधबार मरिण गाउँपालिका-४ सहान रङ्गशालामा जिल्लास्तरीय सभा गरेको छ । । सभालाई एमाले महासचिव शङ्कर पोखरेलले सम्बोधन गरेका थिए । एमाले जिल्ला अध्यक्ष रामकुमार कार्कीका अनुसार एमालले जिल्लाभरी विभन्न भेला र छलफल कार्यक्रम आयोजना गर्न गइरहेको छ । यसैगरी नेकपा (माओवादी केन्द्र) र नेकपा (एकिकृत समाजवादी) ले पनि निर्वाचलन लक्षित विभिन्न कार्यक्रम गर्दैआएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय संयोजक रवि लामिछाने आज कमलामाई नगरपालिका-६ धुराबजारमा आयोजना गरिएको कार्यक्रममा सहभागी हुँदैछन् । यसैबीच राष्ट्रिय भूमि आयोग सिन्धुलीका अध्यक्ष रामकुमार पौडेल एमालेमा प्रवेश गरेका छन् । उनी माओवादी केन्द्रबाट आयोगको अध्यक्षमा नियुक्त भएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७