बबई नदी सतर्कता तह नजिक, आज कहाँ-कहाँ छ बाढीको जोखिम ?


१६ भाद्र २०७९, बिहीबार
Badhi jhapa chaju khola scaled

काठमाडौं । देशका विभिन्न स्थानमा आज (बिहीबार) बिहानैदेखि वर्षा भइरहेको छ । कतिपय भू-भागमा गए राति देखि नै पानी परिरहेको छ ।

बबई नदी जलाधारको चेपाङ, धनवास र आसपास पछिल्लो तीन घण्टादेखि भारी वर्षा भइरहेको छ । बबई नदी चेपाङमा आकस्मिक बहाव भई जलसतह सतर्कता तह आसपास पुगेको छ । र, बहाव बढ्दो क्रमका रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । बबई तटीय क्षेत्र र बर्दियाको डुवान भइरहने होचा स्थानमा बिहान १० बजेसम्म सतर्कता अपनाउन महाशाखाको आग्रह छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

बाराको निजगढ र आसपासको क्षेत्रमा पछिल्लो पनि भारी वर्षा मापन भएको छ । सो क्षेत्र भई बहने स-साना नदीहरूमा आकस्मिक बहाव हुनसक्ने भएकाले तटीय क्षेत्र तथा डुबान भइरहने होचा स्थानमा रहनेले उच्च सतर्कता अपनाउन महाशाखाले भनेको छ ।

city
ncll 2

सप्तरीको बरमझिया र आसपासको क्षेत्रमा भारी वर्षा मापन भएको छ । सो क्षेत्र भई बहने स-साना नदीहरूमा आकस्मिक बहाव हुनसक्ने हुनाले तटीय क्षेत्र तथा डुबान भइरहने होचा स्थानमा रहनेले उच्च सतर्कता अपनाउन महाशाखाको आग्रह छ ।

jagdamba.cement
nepal liquors

गोरखाको बारपाक र आसपासको क्षेत्रमा पनि भारी वर्षा भएको छ । दरौंदी नदी र अन्य स-साना नदीहरूमा आकस्मिक बाढी आउन सक्ने तथा कमजोर भिरालो जमिनमा पहिरो जानसक्ने भएकाले तटीय क्षेत्रमा हुनेहरूले बिहानसम्म उच्च सतर्कता अपनाउनु पर्नेमा महाशाखाको जोड छ ।

आज दिउँसो मधेस प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । प्रदेश-१, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा आज राति भारी वर्षाको सम्भावना जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

1
2

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७