भरुवा बन्दुकसहित एक जना पक्राउ


१६ भाद्र २०७९, बिहीबार
IMG 20220901 WA0000

लमजुङ । लमजुङ प्रहरीले भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ । क्वोहोलासोथर गाउँपालिका ८ घाम्राङ घर भई वडा नम्बर ९ साल्मे बस्ने बर्ष २७ का यमबहादुर राना मगरलाई दुई थान भरुवा बन्दुकसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

लमजुङका प्रहरी प्रमुख डिएसपी प्रकाश श्रीमलका अनुसार अवैध भरुवा बन्दुक लुकाई छिपाई राखेको तथा स्थानीय मानिसहरुलाई धाक धम्की दिने गरेको भन्ने विषेश सूराकको आधारमा प्रहरी टोलीले १ थान लोड गरेको र १ थान अनलोड गरेको अवस्थामा २ थान भरुवा बन्दुकसहित नियन्त्रणमा लिएको हो ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

पक्राउ परेका राना मगरलाई जिल्ला अदालत लमजुङबाट हातहतियार तथा खरखजनासम्बन्धी कसूरमा ७ दिन म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ । निर्वाचन नजिकिएसँगै प्रहरीले अवैध रुपमा राखिएका हातहतियारबाट हुन सक्ने घटनालाई रोक्न सक्रियता बढाएको छ ।

city
jagdamba.cement

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७