काठमाडौं उपत्यकामा एकै दिन ३,५२४ जना सवारी चालकमाथि कारवाही


१६ भाद्र २०७९, बिहीबार
traffic
फाइल फोटो

काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकै दिन ३,५२४ जना सवारी चालकलाई कारवाही गरेको छ ।
ट्राफिक नियम उल्लङ्घन गरेका कारण बुधबार उपत्यकाको विभिन्न स्थानमा उनीहरुलाई कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कारवाहीमा पर्नेमा अनावश्यक हर्न बजाउने २३५ जना, फुटपाथमा पार्किङ गर्ने २६७ जना, मदिरा पिएर सवारी साधन चलाउने १५६ जना, जथाभावी यात्रु चढाउने तथा ओराल्ने ११८ जना र ढोका खुल्लै राखेर सवारी चलाउने ११७ जना सवारी चालक रहेक छन् ।

यस्तै तीव्र गतिमा सवारी साधन चलाउने १०३ जना, अवस्था ठिक नभएका सवारी साधन चलाउने ९५ जना, लेन उल्लङ्घन गर्ने ७९ जना, रातो बत्तीको उल्लङ्घन गर्ने ७३ जना र क्षमता भन्दा बढी यात्रु राख्ने २५ जना चालकलाई पनि कारवाही गरिएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७