दाउरा बटुल्न जाँदा मोहना नदीले बगाउँदा युवक बेपत्ता


१६ भाद्र २०७९, बिहीबार
Mohana River Phulbari Daura1662008169

धनगढी । कैलालीमा मोहना नदीमा डुबेर एकजना बेपत्ता भएका छन् । धनगढी उपमहानगरपालिका-१९ मा दाउरा बटुल्ने क्रममा मोहना नदीमा डुबेर एक जना बेपत्ता भएका हुन् ।

बिहीबार बिहान धनगढी उपमहानगरपालिका १९, खेदाका स्थानीय अन्दाजी २६ वर्षीय माने भनिने रिस्मान चौधरी मोहना नदीमा डुबेर बेपत्ता भएका हुन् ।

नदीले बगाएर ल्याएका दाउरा बिहान साथीहरुसँगै समात्ने क्रममा उनलाई नदीले डुबाएर बेपत्ता पारेको सीमा प्रहरी चौकी बहुलीयाका इन्चार्ज गोपाल कार्कीले जानकारी दिए । बेपत्ता चौधरीको खोजी कार्य भइरहेको कार्कीले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७