जबराको दोस्रो दिनको बयान शुरु


१६ भाद्र २०७९, बिहीबार
cholendra 2

काठमाडौं । महाभियोग लागेका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको दोस्रो दिनको बयान शुरु भएको छ । जबरासँग प्रतिनिधिसभा, महाअभियोग सिफारिस समितिले बयान लिइरहेको छ ।

समितिले बुधबारबाट जबरासँग बयान लिन शुरु गरेको हो । बुधबार संसदीय समितिमा जबराले चारवटा प्रश्नको जवाफ झडै चार घण्टा लगाएर दिएका थिए ।

न्यायालयमा विचलन ल्याएको, भ्रष्टाचार र बिचौलियाले प्रवेश पाएको र कार्यपालिकामा भागबन्डा खोजेको लगायतका आरोप जबरामाथि लगाइएको छ । महाभियोगबारे छानविन गर्न ११ सदस्यीय समिति गठन भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७