विराटनगरमा साइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
मोरङ । मोरङको विराटनगर महानगरपालिका-१८ मा हिजो बेलुका साइकल पल्टिँदा चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा साइकलयात्री मोरङकै जहदाका ४६ वर्षीय दिपचन शर्मा रहेका छन् । साइकलमा सवार उनी हिजो बेलुकी पौने ८ बजे साइकल पल्टिँदा कल्भट खसेका थिए । उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय रानी मोरङले जनाएको छ ।