यौन दुर्व्यवहार आरोपमा गैससका अध्यक्ष ढकाल पक्राउ


१६ भाद्र २०७९, बिहीबार
pakrau 1200x560 1

मोरङ । गैरसरकारी संस्था महासंघ (गैसस)मोरङका अध्यक्ष राजेन्द्र ढकाल यौन दुर्व्यवहार आरोपमा पक्राउ परेका छन् ।
विराटनगर-१२ घर भएका ५५ वर्षीय ढकाल एजुकेशन हेल्पलाइन र गैसस मोरङका अध्यक्ष समेत हुन् ।

उनलाई घरबाट प्रहरीले बुधबार पक्राउ गरेको जनाएको छ । एक जना १२ वर्षीय बालकलाई अप्राकृतिक यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका हुन् ।

मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठका अनुसार ढकालविरुद्ध मौखिक उजुरी आएपछि अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो । ढकालविरुद्ध एक जना बालकलाई अप्राकृतिक यौन दुर्व्यवहार गरेको मौखिक उजुरी आएपछि नियन्त्रणमा लिएर अनुसन्धान थालेको बताउँदै, डिएसपी श्रेष्ठले भने, ‘ढकालविरुद्ध मौखिक उजुरी मात्रै आएको छ । जाहेरी आएपछि त्यसका आधारमा कानुन बमोजिम कारबाहीलागि अनुसन्धान थप अघि बढ्ने छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७