पहिरोको कारण आज कुन-कुन सडक छन् अवरुद्ध ?


१६ भाद्र २०७९, बिहीबार
pahiro sindhuli

काठमाडौं । अविरल वर्षापछि खसेको पहिरोका कारण आज पाँच वटा सडक अवरुद्ध भएका छन् । म्याग्दीको रघुगंगा गाउँपालिका-२ बैशरीस्थित बेनी जोमसोम सडक खण्डमा बिहीबार बिहान ढुङ्गा माटो सहितको पहिरो जाँदा सडक पूर्णरूपमा अवरुद्ध भएको छ ।

पहिरो गएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी गलेश्वरबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ । चितवनको भरतपुर महानगरपालिका-२९ केराबारीस्थित मुग्लिन-नारायणगढ सडकमा बिहीबार बिहान पहिरो जाँदा सडक पूणर्रुपमा अवरुद्ध भएको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

प्रहरी चौकी जुगेडीबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ । पर्वतको मोदी गाउँपालिका-५ अम्बोटस्थित पोखरा बाग्लुङ सडक खण्डमा बिहीबार बिहान पहिरो जाँदा सडक पूणर्रुपमा अवरोध भएको छ । प्रहरी चौकी देउपुरबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।

city
ncll 2

लमजुङको मर्स्याङदी गाउँपालिका-८ सिमलचौरस्थित बेसीशहर मानाङ जाने बैकल्पिक बाटोमा बिहीबार बिहान पहिरो जाँदा सडक पूणर्रुपमा अवरोध भएको छ । प्रहरी चौकी खुदीबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।

jagdamba.cement
nepal liquors

सुनसरीको बराहक्षेत्र नगरपालिका-१ सत्र नम्बर र भलायो डाँडास्थित चतरा बराहक्षेत्र भित्री सडकमा बिहीबार बिहान पहिरो जाँदा सडक पूणर्रुपमा अवरुद्ध भएको छ । इलाका प्रहरी कार्यालय चतरा र प्रहरी चौकी बराहक्षेत्रबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरेको छ ।

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७