प्रदीप गिरीको विचार, सिद्धान्त र आचरणलाई कांग्रेसले सँधै अनुशरण गर्छ : गगन थापा


१६ भाद्र २०७९, बिहीबार
Gagan Kumar Thapa
Gagan Kumar Thapa

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य स्व प्रदीप गिरीको स्मृतिमा वृक्षरोपण कार्यक्रम आयोजना गरिएको छ । स्व गिरीको १३ औं पुण्यतिथिका अवसरमा काठमाडौँ क्षेत्र नं ४ का सांसदको कार्यालयको आयोजनामा गौशालास्थित भण्डारखाल चौरमा एक सय आठ बिरुवा वृक्षरोपण गरिएको हो ।

कार्यक्रममा कांग्रेसका महामन्त्री गगनकुमार थापाले स्व गिरी प्रकृतिप्रेमी भएकाले उनको आत्माको शान्तिका लागि सामूहिक वृक्षरोपणको आयोजना गरेको बताए । ‘स्व. गिरी जहाँ गए पनि रुखको छहारीमा बस्नु हुन्थ्यो, प्रकृतिसँग रमाउने उहाँको बानी थियो, उहाँको आत्माको शान्तिका लागि हामीले उहाँको पुण्यतिथिका अवसर पारेर सामूहिक वृक्षरोपण आयोजना गरेका हौं’, उनले भने ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

महामन्त्री थापाले स्व गिरीको भौतिक शरीर हामी माझ नरहे पनि उनको विचार, सिद्धान्त र आदर्शलाई कांग्रेसले सधैँ अनुशरण गरेर अगाडि बढ्ने स्पष्ट पारे । उनले स्व. गिरीको स्मृतिमा देशभर वृक्षरोपण गर्न समेत सबैलाई आग्रह गरे ।

city
ncll 2

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य प्रतिमा गौतम, बागमती प्रदेशसभा सदस्य नरोत्तम बैद्य, कांग्रेस नुवाकोटका पूर्व सभापति एवं पूर्व सांसद जगदीश्वरनरसिंह केसीलगायतको सहभागिता रहेको थियो ।

jagdamba.cement
nepal liquors

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७