पहिराेले कालीगण्डकी करिडोर अवरुद्ध


१६ भाद्र २०७९, बिहीबार
pahiro1

बागलुङ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध भएको छ । निरन्तरको वर्षाका कारण बागलुङ नगरपालिका-१० दबल्याङमा सडक अवरुद्ध भएको छ भने करिडोरकै फुस्रेखोलामा निरन्तररूपमा सडकमाथिबाट ढुङ्गा खसिरहेका छन् । बागलुङमा लगातारको वर्षाका कारण दक्षिण भेग जोड्ने सडक सम्बन्धविच्छेद भएको हो ।

दब्ल्याङ हुँदै बलेवा कुश्मिसेरा जाने सडक केही दिनदेखि बन्द भएपछि कालीगण्डकी करिडोरमार्फत सवारीसाधन सञ्चालनमा आएका थिए । निरन्तरको वर्षापछि करिडोर अवरुद्ध भए पनि वर्षा नरोकिएका कारण सडक खुलाउन नसकिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

करिडोरको दब्ल्याङमा बुधबारदेखि लगातार लेदो बगिरहेका कारण सवारी चल्न सकेका छैनन् भने बागलुङ-१३ फुस्रेखोलामा निरन्तर सडक माथिबाट ढुङ्गा खसिरहेकाले वर्षा रोकिएपछि मात्रै सडक खुलाउने योजनामा रहेको नगर उपप्रमुख राजु खड्काले बताए ।

city

‘बुधबार दव्ल्याङमा समस्या थिएन, सडकमाथिबाट फुस्रेखोलामा ढुङ्गा खसिरहेकाले दुर्घटना रोक्न बुधबार(हिजो) देखि नै सवारी सञ्चालनमा रोक लगाएका छौं’, उपप्रमुख खड्काले भने, ‘पानी नरोकिँदासम्म दब्ल्याङको पहिरो पन्छाउन त सकिएला तर फुस्रेखोलामा ढुङ्गा खसिरहेकाले समस्या भयो, ढुङ्गा हटाउन नेपाली सेनालाई सहयोग मागिएको छ ।’

jagdamba.cement

सडक अवरुद्ध हुँदा दुई दिनदेखि बागलुङको दक्षिण भेग जोड्ने बलेवा र जैमिनी नगरपालिका तथा बरेङ गाउँपालिकाको जिल्ला सदरमुकामसँगको सडक सञ्जाल टुटेको छ । दब्ल्याङको पहाड गहिरिएर पहिरो गएका कारण एक महिनादेखि बलेवा, भकुण्डे, कुश्मिसेरा र बरेङ जाने सवारीसाधन करिडोरको सडक प्रयोग गरेर सञ्चालनमा आइरहेका थिए ।

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७