रुपन्देही-२ बाट गृहमन्त्री खाँणसहित तीन जना सिफारिस


१६ भाद्र २०७९, बिहीबार
balkrishna Khad

बुटवल । आउँदो मंसिर ४ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ गृहमन्त्री बालकृष्ण खाँण रुपन्देही-२ बाट सिफारिस भएका छन् ।

नेपाली कांग्रेस क्षेत्रीय समितिले गृहमन्त्री खाँणसहित नेता युवराज गिरी र व्यवसायी चुन्नुप्रसाद पौडेलको नाम सिफारिस गरेको हो । खाँण २०७४ को निर्वाचनमा समानुपातिकमा थिए । रुपन्देही-२ मा २०७४ सहित त्यसअघिका तीन संसदीय चुनावमा एमाले नेता विष्णु पौडेलले जित्दै आएका छन् ।

कांग्रेस रुपन्देहीका सचिव हरि काफ्लेले गृहमन्त्री खाँण रुपन्देही ३ बाट पनि सिफारिस हुन सक्ने बताए । गिरी २०७४ को चुनावमा पौडेलसँग पराजित भएका थिए । चुन्नुप्रसाद पौडल निजी अस्पताल, चाउचाउ, हाउजिङ, होटेल र सुर्तीलगायत उद्योगका सञ्चालक हुन् । यस्तै रुपन्देही ४ को प्रतिनिधि सभा सदस्य उम्मेदवारमा कांग्रेसले प्रमोद यादवलाई एकल सिफारिस गरेको छ । उनी २०७४ को चुनावमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७