पहिरोले चार घर विस्थापित


१६ भाद्र २०७९, बिहीबार
pahiro 1

लमजुङ । लगातारको वर्षासँगै बुधबार राति आएको पहिरोले लमजुङको दोर्दी गाउँपालिका- ६ ढोडेनीमा चार घर परिवार विस्थापित भएक छन् ।

बस्तीभन्दा पाँच सय मिटर माथिबाट आएको ढुंगा माटोसहितको पहिरोले ढोडेनीको लक्ष्मण तामाङ, निरबहादुर तामाङ, विक्रम तामाङ र राममाया तामाङको परिवार बिस्थापित भएको स्थानीय बखनबहादुर गुरुङले बताए ।

pahiro 2

पहिरोले खेतबारी समेत बगाएको छ । गाउँका अन्य ६ घर समेत पहिरोको जोखिममा परेको स्थानीय बिष्णु गुरुङले बताइन् । जोखिम अझै कायम रहेकाले पहिरो गएको क्षेत्रमा नजान गाउँपालिकाले स्थानीयलाई आग्रह गरेको छ । पहिरोले भौतिक संरचनामा क्षति भएपनि मानविय क्षति नभएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७