बलात्कारबाट जन्मिएको छोरा आमालाई न्याय दिलाउन अदालतमा


१६ भाद्र २०७९, बिहीबार
Rape for nayapage

नयाँदिल्ली । दुई दाजुभाइको बारम्बार बलात्कारपछि वर्षौदेखि अन्यायमा परेकी भारतीय महिला छोराको पहलमा न्याय पाउने आशामा छिन् ।
ज्ञबलात्कारीबाट जन्मिएको छोराले उनलाई न्याय दिलाउन सहयोग गरिरहेका छन् । भारतको उत्तर प्रदेशकी ती महिला १२ वर्षकी हुँदा ६ महिनासम्म दुई पुरुषको बलात्कारको शिकार भएकी थिइन् ।

बीबीसीका अनुसार जन्मेको केही समयपछि धर्मपुत्रको लागि छोडिएको उनको छोरा १३ वर्षपछि उनलाई फिर्ता गरिएको थियो । उनै छोराले अहिले बलात्कारीविरुद्ध मुद्दा दायर गर्न आमालाई प्रोत्साहित गरे । केही दिनअघि प्रहरीले एक अभियुक्तलाई पक्राउ गरेको थियो भने दोस्रो व्यक्तिलाई पनि हिरासतमा लिएको थियो । ‘घटना धेरै पुरानो हो, तर यसका कारण लागेको मानसिक चोट अझै निको भएको छैन’, महिलाले भनिन् ‘यसले मेरो जीवनलाई तहसनहस बनाएको छ । ’
‘मेरो हृदयमा आतंक फैलाए’
उत्तर प्रदेशकी ती महिला सन् १९९४ मा शाजपुर सहरमा बलात्कार भएको बताउँछिन् । आरोपित मोहम्मद राजी र उनका भाइ नाकी हसन छिमेकमा बस्ने र एक्लै हुँदा घरको पर्खालबाट हाम फालेर कुटपिट गरेका थिए ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

उनको स्वास्थ्यमा समस्या देखिएपछि मात्रै गर्भवती भएको थाहा भयो । बहिनीले डाक्टरकहाँ लगिन् । चिकित्सकले उनको कमजोर स्वास्थ्यका कारण गर्भपतन नगर्न सुझाव दिए । शिशु जन्मिएपछि धर्मपुत्रको लागि छोडियो । ‘शिशुका कारण मैले धेरै दुःख भोगेँ । तर, उसको अनुहार हेर्ने मौका पनि पाइनँ’, उनले भनिन् ।

city
ncll 2

त्यतिबेला डरका कारण पीडित महिला र उनको परिवारले प्रहरीमा उजुरी दर्ता गरेनन् । ‘मैले बलात्कारको बारेमा कसैलाई भनेँ भने मेरो परिवारलाई मार्ने र हाम्रो घरमा आगो लगाउने धम्की दिए’, उनले भनिन्, ‘मैले स्कुल छोडेँ । पढ्न सकिन ।’

jagdamba.cement
nepal liquors

आफ्नो अघिल्लो घरसँग जोडिएको पीडादायी सम्झनाबाट बच्न महिला र उनको परिवार रामपुर जिल्लामा सरे । सन् २००० उनले विवाह गरिन र दोस्रो सन्तान जन्माइन् । यो नयाँ अध्यायले विगतका पीडा बिर्सन मद्दत गर्ने उनको आशा थियो । तर, विवाह भएको ६ वर्ष नबित्दै श्रीमानले बलात्कार भएको थाहा पाए । अनि उनैलाई दोष लगाए । छोरासहित घरबाट निकालेपछि उनी आफ्नी बहिनी र परिवारसँग बस्न गइन् ।

सत्यका लागि छोराको खोजी
धर्मपुत्रको लागि छोडिएको उनको पहिलो छोराले पहिचानको कारण सामाजिक विभेद सामना गर्नुपर्‍योे । आफूलाई धर्मपुत्र बनाएको थाहा पाए । अन्ततः १३ वर्षपछि धर्म आमाबुवाले उनलाई वास्तविक आमाको जिम्मा लगाइदिए । तर, छोरा आफ्नो बुबा को हो भनेर जान्न चाहन्थे । किनकी उनको कुनै थर थिए । भारतमा सामान्यतया बुबाको थर लेख्ने चलन छ । यही कारण उनी विद्यालयमा हाँसोको पात्र बने ।

उनले आफ्नो बाबुको बारेमा आमालाई लगातार प्रश्न सोध्थे र जवाफ नपाउँदा दुःखी हुन्थे । छोराले पहिचानविहीन जीवन बाँच्न नसक्ने’ र आफ्नो बुबाको नाम खुलासा नगरे आत्महत्या गर्ने धम्की दिएका थिए ।

प्रश्न सोधेकोमा सुरुमा उनले गाली गर्थिन । अन्ततः उनी वास्तविक खोल्न बाध्य भइन् । वास्तविकता सुनेपछि छोरा उनको सबैभन्दा ठूलो सहयोगी बने । छोराको प्रोत्साहनपछि महिलाले सन् २०२० मा शाजपुरमा पुनः भ्रमण गरिन । तर, आरोपीविरुद्ध मुद्दा दर्ता गर्न गाह्रो भयो । उजुरी धेरै पुरानो भएकोले प्रहरीले दर्ता गर्न मानेन ।

एक जना वकिलसँग पुगिन्। झन्डै तीन दशक पुरानो मुद्दा लड्न गाह्रो हुने भन्दै वकिल सहयोग गर्न अनिच्छुक देखिए । ‘तीन दशकअघि तपाइँ बलात्कृत भएको थियो भनेर कसरी प्रमाणित गर्नुहुन्छ?’ उनका वकिलले उल्टै प्रश्न सोधे । बाल्यकालमा उनी बसेको क्षेत्र चिन्नै नसक्ने गरी परिवर्तन भएको थियो । उनले आफ्नो पुरानो घर पनि फेला पार्न सकिनन् । आरोपितको पत्तै भएन ।

प्रमाण र पक्राउ
फेब्रुवरीमा गरिएको डीएनए परीक्षणबाट अहिले प्रमाण भेटिएको प्रहरीले जनाएको छ । शाजपुरका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) एस आनन्दले बीबीसीलाई भने, ‘यो घटना एकदमै अप्रत्याशित थियो । महिलाले अगाडि आएर मुद्दा दायर गर्दा हामी छक्क पर्‍यौँ ।’

प्रहरीले लगत्तै उनको छोराको डीएनए नमूना लिएको थियो । विगत एक वर्षदेखि उक्त घटनाको अनुसन्धान गरिरहेका इन्स्पेक्टर धर्मेन्द्रकुमार गुप्ताले भने, ‘हामीले अभियुक्तको डीएनए नमूना संकलन गरी परीक्षण गर्दा एक जना आरोपितसँग छोराको डीएनए मिलेको छ ।’

३१ जुलाईमा एकजना अभियुक्त पक्राउ परेका थिए र ३ साताअघि प्रहरीले दोस्रो व्यक्तिलाई पनि हिरासतमा राखेकोे थियो । आफूमाथि लागेको आरोपबारे अभियुक्तहरुले केही भनेका छैनन् । भारतमा वर्षेनी हजारौँ बाल यौन दुर्व्यवहारका घटना सार्वजनिक हुन्छन् । बीबीसीका अनुसार सन् २०२० मा बालबालिकाको संरक्षण ऐन (पोक्सो)अन्तर्गत ४७ हजार मुद्दा दर्ता गरिएको थियो । तर, बलात्कारबारे धेरै मुद्दा दायर नगरिएको हुन सक्ने अभियानकर्ता बताउँछन् । ष्ेपडएजेन्सी

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७