पहिरो खसेको ८ घण्टा बित्दा पनि खुलेन नारायणगढ-मुग्लिन सडक


१६ भाद्र २०७९, बिहीबार
mugling pahiro
फाइल फोटो

काठमाडौं । पहिरो खसेको ८ घण्टा बित्दा पनि अवरुद्ध बनेको नारायणगढ मुग्लिन सडकखण्ड खुलेको छैन ।
अविरल वर्षाको कारण नारायणगढ मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको भरतपुर महानगरपालिका-२९ केराबारीमा आज बिहान ६ बजे पहिरो खसेको थियो ।

पहिरोका कारण उक्त सडकखण्डमा सवारी आवागमन पूर्ण रुपमा अवरुद्ध भएको छ । चार वटा जेसीवी प्रयोग गरि पहिरो हटाउने कार्य भइरहे पनि वर्षासँगै पहिरो झर्ने क्रम नरोकिएकोले पहिरो पन्छाउन केही समस्या भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७