सामुहिक हत्याका अभियुक्त आलम प्रतिनिधिसभा उम्मेद्वार सिफारिस


१६ भाद्र २०७९, बिहीबार
aalam 1
फाइल फोटो

रौतहट । बिष्फोटक पदार्थ तथा सामुहिक हत्या अभियोगमा पुर्पक्षका लागि जेल रहेका मोहम्मद अफ्ताब आलम आगामी ४ मंसिरमा हुने निर्वाचनका लागि रौतहट-२ बाट संघीय संसदको उम्मेद्वारका रूपमा सिफारिस भएका छन् ।

कांग्रेस जिल्ला समिति कार्यालय रौतहटले उनको नाम सिफारिस गरेको हो । उनीसँगै अञ्जु झाको पनि नाम सिफारिसमा परेको छ । अभियुक्त आलम हाल ललितपुरको नक्खु कारागारमा छन् । उनको मुद्दा रौतहट जिल्ला अदालतमा बिचाराधीन छ । रौतहट-२ बाट निर्वाचित नेपाली कांग्रेस सांसद आलमविरूद्ध १४ जनाको हत्या गरेको अभियोग लागेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७